वीरगन्ज महानगरपालिका–१५ भेडीहारीमा रहेकोे नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा प्रहरीले छापा मारेर दुईजनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीले मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साहलाई नियन्त्रणमा लिएको हो ।प्रयोगशाला (ल्याब)मा म्याद नाघेको केमिकल प्रयोग गरिरहेको सूचनाको आधारमा छापा मारिएको हो । छापाका क्रममा प्रयोगशालाबाट म्याद नाघेका केमिकल बरामद भएपछि मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज हुसेन र साहलाई नियन्त्रणमा लिएको हो ।