अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुईवटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै पूर्वमन्त्रीसहित ३२ जना विरुद्ध मुद्दा दायर गरेको छ ।
बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

मुद्दा दायर गरिएकामा आपूर्तिकर्ता कम्पनीका आठ विदेशी नागरिक र २४ नेपाली छन् । उनीहरूले एक अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ ।
जसमा अख्तियारले पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्व महाप्रबन्धक सुगत कंसाकार, पूर्व पर्यटन सचिव शंकर अधिकारीसहितलाई प्रतिवादी बनाएको छ।

शाही कर्णाली कांग्रेस संसदीय दलका नेता हुन् ।
तत्कालीन पर्यटनमन्त्री शाही संघीयता कार्यान्वयनपछि मुख्यमन्त्री समेत भएका थिए ।