‘श्रीमती र छोरीको हत्या गरी खोलामा शव फाल्ने व्यक्ति पक्राउ’

ब्रेकिङ न्युज

नेवारपानीमा श्रीमती र एक वर्षकी छोरीको हत्या गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।बेवारिसे अवस्थामा राप्ती खोलामा प्रहरीले शव भेटाएपछि अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा श्रीमती र छोरीको हत्या श्रीमानले गरेको खुलेको आइतबार पत्रकार सम्मेलनमा प्रहरीले जानकारी दिएको छ । प्रहरीले हत्यामा संलग्न श्रीमानलाई पनि सार्वजनिक गरेको छ ।

Loading...

नेवारपानीको राप्ती खोलामा श्रीमती र छोरीको हत्या गरी शव फ्यालेर बेपत्ता भएका भारत बिहार राज्य मोतिहारी घर भई हेटौंडा ५ मा डेरा गरी बस्ने महम्द रामजान मियाँ दर्जीलाई प्रहरीले पक्राउ गरेको हो । उनले २५ वर्षकी श्रमीती लालमुन खातुन र एक वर्षकी छोरी रोशन खातुनलाई राप्ती खोलामा लगेर मुख थुनेर घाटी थिचेर मारेको खुलासा भएको छ ।

Loading...