भर्खरै नारायणगढ मुग्लिङ्ग सडकखण्ड बाट आयो दुखद खबर

ब्रेकिङ न्युज

चितवनमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको निधन भएको छ । निधन हुनेमा इच्छाकामना गाँउपालिका–६ की ७० वर्षीया इजली मिया रहेका छन् ।
इच्छाकामना गाँउपालिका–६ पाँचकिलोमा मुग्लिनबाट नारायणगढतर्फ आउँँदै गरेको ग ७ प १९९६ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी मियाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Loading...

मनकामना केबलकार तीन दिन बन्दप्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको दर्शनका लागि मनकामना दर्शन प्रालिले सञ्चालनमा ल्याएको मनकामना केबलकार सेवा आजदेखि तीन दिनसम्मका लागि बन्द गरिएकोे छ ।नेपालीको महान् पर्व बडादशैँको समयमा हरेक वर्ष तीनदिन बन्द गर्दै आइरहेको मनकामना केबलकार सेवा आजदेखि २२ गतेसम्मका लागि बन्द गरिएको मनकामना दर्शन प्रालिका नायव महाप्रबन्धक डिल्लीनारायण कायस्थले जानकारी दिनुभयो । असोज २३ गते बिहिबारबाट केबलकार सेवा नियमित सञ्चालनमा आउने पनि उहाँले बताउनुभयो ।

Loading...