भर्खरै। चितवन बाट आयो । दुखद खबर।

ब्रेकिङ न्युज

चितवन – चितवनमा बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । काठमाडौँबाट सर्लाहीको मलङ्गावातर्फ जाँदै गरेको ना ५ ख ५३४४ नम्बरको रात्रिबस भरतपुर महानगरपालिका–१२ आस्था चोकमा गए राति १२ः३० बजे दुर्घटना हुँदा ३८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बस आफैँ अनियन्त्रित भई सडक छेउको पीपलको रुखमा ठक्कर खाएर दुर्घटना भएको हो । घाइतेको पुरानो मेडिकल कलेज र भरतपुरको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये २७ को अवस्था मध्यम रहेको छ । यस्तै १० जना सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक पनि सामान्य घाइते भएका छन् । बसमा करिब ४५÷४६ जना सवार रहेको थियो । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।नेपालीहरूको महान चाड बडादसैँको अवसरमा सरकारी तथा गैरसरकारी लगायतका अधिकांश कार्यालयका कर्मचारीको दसैँ बिदा हुने गर्छ । अझ सरकारी स्कुलमा त १५ दिन अगाडि घटस्थापनादेखि नै सार्वजनिक बिदा दिने चलन छ । टीका जमरा

Loading...

लगाई आफूभन्दा ठूलाबडाको आशीर्वाद थापेर पिङ खेल्दै रमाइलो गरी सबै नेपाली नागरिकले दसैँ मनाइरहँदा सुरक्षाकर्मी भने अहोरात्र खटी सुरक्षा दिइरहेका हुन्छन् । वर्ष दिनमा आउने महान् चाड दसैँमा आफ्नो सन्तान घर फर्किन्छ भन्ने आस कुन बाबुआमाको नहुँदो हो र ! तर फौजीका लागि भने यो अवसर विरलै जुर्छ । तर आफ्नो कर्तव्यको अगाडि उनीहरू नतमस्तक हुन्छन् । परिवारको खुसीभन्दा सर्वसाधारणको सुरक्षा उनीहरूका लागि पहिलो प्राथमिकता बन्छ ।रातदिन नभनी उनीहरू अहोरात्र ड्युटीमा खटिन्छन् । थोरै त्यस्ता भाग्यमानी फौजी पनि छन्, जसले घर परिवारसँगै दसैँ मनाउने सौभाग्य पाउँछन् । धेरैले त ड्युटीमै टीका लगाउँछन् र कार्यस्थलमै खुसी साट्दै दसैँ खल्लो बन्न नदिने प्रयास गर्छन् ।यसरी हेर्दा नागरिकलाई सुरक्षा दिने सुरक्षाकर्मीको दसैँ खल्लो त देखिन्छ । तर पनि उनीहरू सामाजिक सेवामा तल्लीन हुन पाउँदा निकै खुसी छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले आफ्ना आमाबुबाको हातबाट टीका नलगाएको ३ वर्ष भयो । प्रहरी सेवाको २४ वर्षे अवधिको अधिकांश दसैँ उनले कार्यक्षेत्रमै विताएका छन् ।

Loading...