भर्खरै पाँचथरमा घट्यो।अर्को डरलाग्दो घटना

ब्रेकिङ न्युज

पाँचथर, २२ असोज : पाँचथरको याङवरक गाउपालिका–६ खाल्डेमा छुरा हानाहान हुँदा एक जनाको ज्यान गएको छ । आज मध्यान्ह मदिरा सेवन पछि झगडा हुँदा ताप्लेजुङको सिदिङमा गाँउ पालिका निवासी ४० वर्षीय अर्जुन मावोको ज्यान गएको हो ।मृतक याङवरक ६ खाल्डेका मोहनसिँ योङहाङका ज्वाँई हुन् । उनी ससुराली घरमा घर ज्वाँई आएको वताइएको छ । बिहान दुई जना विच घरको आँगनमा गफगाफ गरेर वसिरहेको वखत विवाद हुँदा मावोलाई छुरा प्रहार गरेका थिए ।

Loading...

उनीहरुले मदिरा सेवन गरेर भनाभन हुँदा घट्ना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको पाँचथरका प्रहरी नायव उपरिक्ष्क सिद्धराज न्यौपानेले जानकारी दिनुभयो । घट्नापछि नेउपाने नेतृत्वको प्रहरी टोली त्यसतर्फ प्रश्थान गरेको छ ।छुरा प्रहार गर्ने योङहाङ हत्या गरिएका मावोका फुपाजु हुन् ।
योङहाङले मावोलाई दाहिने पेटमा छुरा प्रहार गरेको वताइएको छ । छुरा प्रहार गर्ने योङहाङलाई प्रहरीले पक्राउ गरेको वताइएको छ ।

Loading...