टीका थाप्न घर जादै गर्दा जिप दुर्घटना दम्पति को निधन

दुर्घटना

आज मिति २०७६ साल असौज २० गते नवमीको दिन कपिलवस्तु गोरुंसिंगे बाट सन्धिखर्क तर्फ आउँदै गरेको बलेरो जिप सन्धिखर्क नगरपालिका ६ नरपानी बजार बाट २ सय मिटर घुम्ती तर्फ दुर्घटना हुँदा ३ जनाको अकल्पनिय दु:खद निधनको खबरले जिल्लाबासी नै अत्यन्तै दुखित भएका छौं।
चाडपर्वको मुख्यैमा भएको यो घटनामा अर्घाखाँची जिल्लाको साबिक ढाकाबाङमा जन्मभै बसाई सराँईको सिलसिलामा दाङ जिल्लाको लमही नगरपालिका वडा नं. ५मा बस्दै आइरहनु भएको बर्ष ५१ का घनश्याम खनाल र उहाँकै श्रीमती बर्ष ४६ कि श्यामकला खनालको निधन भएको छ।साथै दुर्घटना भएको ६ घन्टा पछी मात्र अर्घाखाँची जिल्लाको वाङला सिउडेनी बाट कपिलवस्तु बुद्धभुमी गोरुसिंगे बसाई सराँई गरेका बर्ष २४ का दिलिप अधिकारीको निधन भएको पुष्टि भएको छ।

Loading...
Loading...