Loading...

पिङ खेल्दा घाँ’टीमा डोरी बेरिएर मृ’त्यु

दुर्घटना

गलेश्वर । म्याग्दीमा एक बालिकाको पिङ खेल्ने क्रममा घाँ’टीमा डोरी बेरिएर मृ’त्यु भएको छ । जिल्लाको मङ्गला गाउँपालिका–५ किमचौरकी सात वर्षीया दीपा फगामीको सोमबार राति डोरी घाँ’टीमा बेरिएर मृ’त्यु भएको हो । अभिभावकले खेल्नका लागि घरमा नै बनाइदिएको पिङको डोरी घाँ’टीमा बेरिँदा ज्या न गएपछि श’व परीक्षणका लागि बेनी अस्पतालमा ल्याइएको थियो।

Loading...

अस्पतालका डाक्टर दशैँ बिदामा रहेका अवस्थामा प्रहरीको उपस्थितिमा परीक्षण गर्न पोखरा पठाइएको प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए । “श’व परीक्षणसहित रिपोर्ट आज आउँछ, डोरीमा बेरिएको अवस्थामा भेटिएकाले मेडिकल रिपोर्टको पर्खाइमा छौँ”, प्रनाउ मरासिनीले भने।

Loading...