हिरासतमा रहेका महरालाई विप्लवले यस्तो लेखे

राष्ट्रिय

प्रिय महरा सर, क्रान्तिको समरबाट अभिबादन । हामी तपाईका चेलाहरु आज निशब्द छौ । पत्याउनै गाह्रो भो । तपाइको भद्र स्वभाबले यस्तो छुद्र कार्य कसरि गर्यो होला भनेर मान्नै गाह्रो छ । महरा सरको त्यो स्कुलिङ्गमा युद्दको एउटा आदर्श थियो, जहाँ केवल एकजना संग मात्रै प्रेम बिबाह अनि यौनको स्कुलिङ्ग दिन्थ्यो । अन्य पराय बिबाहित महिलासंगको शारीरिक सम्बन्धलाई अनैतिक सम्बन्ध भन्थ्यो ।

Loading...

सर तपाइको आदर्श आज डगमगाएको छ । तपाइको कमजोरीमाथि बर्गबैरिहरु दशैँ मनाई रहेका छन् ! घर जलेको त्यो दिन एकपटक फेरी निसास्सिएको छ । जुनेलिरातका जुनाताराहरुको उजेली मधुर बनेको छ । क्रान्तिको आवेग हच्किएर तपाईलाई चियाएर हेर्यो अनि बन्दुकको निसानी फेरी एकपटक सल्बलाएको छ । तर ढिला भैसकेको छ महरा सर ।

Loading...