दुर्घटना न्यूनीकरणका लागि विद्यार्थीका साइकलमा रेडियम स्टिकर

ब्रेकिङ न्युज

कपिलवस्तु, २५ भदौ । कपिलवस्तु नगरपालिकाको बुद्धपद्धम माद्यामिक विद्यालयमा दुर्घटना न्यूनीकरणका लागि सचेतना अभियान चलाइएको छ । चेम्बर अफ कमर्स तौलिहवा नगर समितिको आयोजना तथा जिल्ला ट्राफिक प्रहरी पोष्ट तौलिहवाको समन्वयमा सचेतना तथा रेडियम स्टिकर टास्ने कार्यक्रम गरिएको हो ।

Loading...

कार्यक्रममा विद्यार्थीलाई दुर्घटनाको कारण, ट्राफिक चिन्ह, लेन अनुशासन, जेब्रा क्रसिङको प्रयोग र दुर्घटना न्यूनीकरणका उपायबारे विद्यार्थीसँग अन्तरक्रिया गरिएको थियो । सडक सुरक्षाबारे विद्यालयका विद्यार्थीलाई जानकारी प्रदान गर्नुका साथै साइकलका कारण हुनसक्ने सडक दुर्घटना रोक्न साइकलमा रेडियम लगाउने कार्य गरिएको नगर चेम्बर अफ कमर्सका अध्यक्ष गोपी कृष्ण शर्माले बताए ।

Loading...