विभिन्न योजनाहरुमा काम गर्ने तयारी गरिएकाे ३ वटा डोजरमा आगजनी

ब्रेकिङ न्युज

म्याग्दी, २६ भदाै : म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलामा राखिएका तीन डोजरमा अज्ञात समूहले बुधबार राति आगो लगाइदिएको छ । निर्माण व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष नारायण जिसीको बिएन कन्ट्रक्सनका तीन जेसिभीमा अज्ञात समूहले आगो लगाइदिएको हो ।

Loading...

बेनी तथा जिल्लाका विभिन्न योजनाहरुमा काम गर्ने गरी तयारी अवस्थामा राखिएका डोजरमा गए राति आगो लगाइदिएको बिएन कन्ट्रक्सनका सञ्चालक नारायण जिसीले जानकारी दिनुभयो । उहाँले निष्पक्ष छानविनको मागसमेत गर्नुभएको छ ।

Loading...