रौतहटको कुडियाबजार तनावग्रस्त, प्रहरीद्वारा हवाइ फायर

ब्रेकिङ न्युज

२६ भदौ, रौतहट । रौतहटको राजपुर–६ कुडियाबजार क्षेत्रमा स्थानीयको दुई पक्षबीच झडप नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार र हवाइफायर गरेको छ । स्थानीयको झडप नियन्त्रणबाहिर गएपछि नियन्त्रणमा लिन दिउँसो १ बजे ३० राउण्ड हवाइफायर र २८ सेल भन्दाबढी अश्रुग्यास हानेको प्रहरीले बताएको छ ।

Loading...

कुडियाबजार नजिकै रहेको पोखरीको किनारमा मुस्लिम समुदायले राखेको झण्डा निकालेको विषयलाई लिएर उत्पन्न विवादले उग्ररुप लिएको हो । झडपका क्रममा प्रहरीको गाडीमा पनि ढुंगामुढा भएको छ ।

Loading...