नवलपरासीमा यात्रुबाहक बसमा आगजनी

ब्रेकिङ न्युज

नवलपरासीको दाउन्नेमा बिहीबार बिहान यात्रुबसमा आगजनी भएको छ । कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८४५३ नम्बरको बसमा बर्दघाट नगरपालिका वडानम्बर ४ खुुर्सानी खोलामा आगजनी भएको हो ।प्रदेश पाँच ट्राफिक प्रहरी कार्यालय बुटवलका डिएसपी रामप्रकाश शाहका अनुसार गाडीलाई साइड लगाएर आगजनी गरेको भेटिएको हो । डिएसपी शाहले घट्नावारे अनुसन्धान सुरु भएको रातोपाटीलाई बताए । उनले घटनामा

Loading...

संलग्नहरुको खोजीकार्य भइरहेको पनि जनाए पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा यात्रुवाहक बसमा आगलागी भएको छ।
कञ्चनपुर बेलौरीबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८४५३ नम्बरको यात्रुवाहक बसमा आज बिहान ५ बजे बर्दघाट नगरपालिका वडा नं ४ खुर्सानी खोला भन्ने स्थानमा आगलागी भएको हो।उक्त बस पूर्णरूपमा क्षति भए पनि मानवीय क्षति केही नभएको पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाले बताए।।

Loading...