यात्रुबाहक बस नदीमा खस्यो, २४ जनाको मृत्यु

दुर्घटना

पाकिस्तान ।यात्रु बोकेको बस नदीमा खस्दा २४ को मृत्यु भएको छ । देशको खैबर पाख्तुन्ख्वा प्रान्तमा पर्ने कोहिस्तान जिल्लामा भएको दुर्घटनामा परी उनीहरुको मृत्यु भएको जनाइएको छ।त्यहाँको एक वरिष्ठ प्रहरी अधिकारीले शनिबार दिएको जानकारी अनुसार नदीमा खसेको बसमा रहेका सबै यात्रुको मृत्यु भएको छ ।मृत्यु भएका मध्ये १५ पुरुष, पाँच महिला र चार बालबालिका रहेका छन् ।

Loading...

उनीहरु पारिवारिक कार्यक्रममा सहभागी हुन जाँदै गरेको बेला दुर्घटना भएको कोहिस्तानका जिल्ला प्रहरी अधिकृत राजा अब्दुल साबुरले सिन्ह्वालाई जानकारी दिए ।दुर्गम क्षेत्र भएको र प्रहरीले ढिला थाहा पाएकाले उद्धार कार्यमा पनि ढिला भई कसैलाई बचाउन नसकिएको प्रहरीको भनाई छ ।

Loading...