थुप्रै सुन लगाएर हिँड्ने शाहीको घाँटी रेटेर हत्या

ब्रेकिङ न्युज

तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेबजार निवासी ५३ वर्षीय श्यामबहादुर शाहीको सोमबार घाँ८ टी रे८ *टेर ह८ त्या भएको छ । पहिचान नखुलेको व्यक्ति वा समूहले शाहीको ज्यान लिएको हो ।शाहीको श*व बन्दीपुर गाउँपालिका–४ स्थित ढुल्ढुङ्गाको झाडीमा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिनुभयो । डुम्रेबजारमा किराना पसल सञ्चालन गर्दै आउनुभएका शाही आइतबार रातिदेखि बेप*त्ता हुनुभएको थियो । शाही खोजीका लागि परिवारले प्रहरीमा अनुरोध गरेको थियो । प्रहरी उपरीक्षक सिलवालका अनुसार मृ*तक शाहीको घाँ* टीमा धा*रिलो हति*यारको चोट छ ।

Loading...

सोमबार माछा मार्न जाने क्रममा स्थानीयवासीले शाहीको श*व देखेपछि प्रहरीमा खबर गरेका थिए । श*व परीक्षणका लागि दमौली अस्पतालमा पठाइएको र घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । घ*टनाको अनुसन्धानका लागि प्रहरीले सोमबार राति नै पोखराबाट तालीमप्राप्त कुकुर मगाएको छ । आर्थिक प्रलोभनका कारण शाहीको ह८ त्या भएको हुनसक्ने अनुमान गरिएको छ ।

Loading...