कतारमा पौडी खेल्ने क्रममा एक नेपालीको गयो ज्यान

ब्रेकिङ न्युज

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा विगत १३ वर्षदेखि कतारमा कार्यरत साँगुरीगढी गाउँपालिका–३, धनकुटाका ललितबहादुर लिम्बूको आइतबार दिउँसो पौडी खेल्ने क्रममा समुद्रको छालमा परेर ज्यान गएको छ । कतारमा धनकुटा सेवा समाजको पूर्वअध्यक्ष एवं वर्तमान प्रमुख सल्लाहकार रहनुभएका लिम्बू अन्य विभिन्न सामाजिक संस्थामा पनि सक्रिय हुनुहुन्थ्यो ।

Loading...

उहाँको निधनले नेपाली समुदायमा क्षति पुगेको भन्दै धनकुटा समाजका महासचिव रवीन मगरले शोक वक्तव्य जारी गर्दै चाँडै नै शव नेपाल पठाउन दूतावाससँग समन्वय भइरहेको जानकारी दिनुभयो । रासस

Loading...