ज्वाँइले खुकुरी प्रहार गर्दा सासुसहित तीन गम्भीर घाइते

ब्रेकिङ न्युज

अर्घाखाँची– जिल्लाको भुमिकास्थान नगरपालिकाको नुवाकोटमा आफ्नै ज्वाँइको खुकुरी प्रहारबाट तीन जना गम्भीर घाइते भएका छन्। खुकुरी प्रहारबाट श्रीमती, सासुआमा र सालो घाइते भएका हुन्।भुमिकास्थान नगरपालिका–६, खमारीबासका २७ बर्षिय चिरन घर्तीले गएराती भुमिकास्थान नगरपालिका–८, लम्चीमा रहेको आफ्नै ससुरालीमा आइ खुकुरी प्रहार गरेका थिए।

Loading...

खुकुरी प्रहारवाट १८ वर्षीय श्रीमती गीता घर्ती, ४३ वर्षीय सासुआमा भुमाकला क्षेत्री र ११ वर्षीय सालो अर्जुन क्षेत्री गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले बताए। खुकुरी प्रहार गरेर तीनै जनालाई घाइते बनाएपछि उनी फरार रहेका छन्।घाइते तीनै जनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसकेपछि लुम्विनी अञ्चल अस्पताल बुटबल पठाइएको थियो। श्रीमती गिता र सालो अर्जुनको बुटबलमा पनि उपचार हुन नसकेपछि चितवनको पुरानो मेडिकल कलेजमा पठाइएको प्रहरीले बताएको छ।

Loading...