‘नेपाल आइडल’ सिजन ३ सुरु हुँदै

ब्रेकिङ न्युज

२८ साउन २०७६, काठमाडौँनेपाल आइडल नेपालको सबैभन्दा लोकप्रिय रियालिटी शो हो । सिजन १ बाट नै नेपाल आइडलले राम्रो दर्शक पाएको छ । नेपाल आइडल ले धेरै प्रतिभावान् कलाकारलाई राम्रो प्याटफर्म प्रदान गरेको छ । जसका कारण धेरै व्यक्तिले आफ्नो प्रतिभा सबैमाझ देखाउने मौका समेत पाए ।

Loading...

नेपाल आइडल सिजन १ र २ लाई दर्शकले अत्यन्तै रुचाए । त्यसैले नेपाल आइडल सिजन ३ पनि चाडैँ नै आउँदै छ । एपि वान एचडी बाट प्रशारण हुने नेपाल आइडल सिजन ३ को अडिसन चाडैँ सुरु हुने बताइएको छ ।जसका लागि धेरै प्रतिभावान व्यक्तिहरु अहिलेदेखि नै आफूमा निखारता ल्याउन मेहेनत गरिरहेका छन् । हात एपिवान एचडी मा नेपाल लोक स्टार प्रशारण भैरहेको छ । नेपाल लोक स्टार सकिने बित्तिकै नेपाल आइडल सुरु हुनेछ । नेपाल आइडल सिजन १ मा बुद्ध लामा र सिजन २ मा रवि ओड विजयी बनेका थिए ।

Loading...